काठमाण्डौँ । लोकप्रिय अभिनेता दयाहाङ राई र उनको फिल्मी जोडीका रुपमा रुचाईएकी अभिनेत्री मिरुना मगरको सातौँ सहकार्यमा बनेको फिल्म अन्जिलाको प्रोमोश्नल गीत रिलिज भएको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर वान गोलकिप्पर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मको सार्वजनिक गीतलाई एक समयका सुपरहिट सर्जक राजनराज शिवाकोटीले तयार गरेका हुन ।
यो गीतमा शिवकोटीले आफ्ना धेरै हिट गीत गाईसकेकी गायिका मेलिना राईसँग संयुक्त स्वर भरेका छन । आफ्नो टिपिकल शब्दहरुको शैलीलाई दोहोराउदै राजनराजले यो गीत तयार गरेका छन जसरी उनले विगतमा गीत बनाउँथे ।
डल्ले डल्ले खुसार्नी पिरो भए मोईखाने, ओपनिङ लाइन रहेको गीतमा राजनराजले पछर्यौरी, ईन्द्र कमल फुलको बोट, मनमा खोट, फनफनी, हनहनी, घार्रघुर्र मदानी, चौरी गोठैमा , कालो कोटैमा… जस्ता शब्दहरु बुनेका छन ।
यो गीतको सवल पक्ष भनेको दृश्य भाषा हो । सफा र कलरफूल सेट छ । पहिलो पटक फिल्म निर्माणमा होमिएका निर्माता प्रेम कुमार श्रेष्ठले दिल खोलेर खर्चिएका छन । कोरियोग्राफर कविराज गहतराजले गीतको शब्द अनुसार दृश्य भाव उतारिदिएका छन । राम केसीको क्यामेरा वर्क राम्रो छ । प्रप्स तथा कष्ट्यूम ,सुहाउँदो मात्र छैन दया र मिरुनालाई निकै सुहाएको पनि छ । धेरै पछि दयाहाङलाई ह्यान्डसम देखियो । मिरुना त उसै राम्री सदाझै ।
तर विडम्बना यो प्रोमोश्नल गीत हैन र भन्नू पनि हुँदैन । भनियो भने त्यो मुर्खता हो । किन कि फिल्मले उठाएको कथा एकातिर छ अनि प्रोमोश्नल गीत बन्यो अर्कोतिर ।
राजनराजका विगतका गीतलाई फर्किएर समीक्षा गर्ने हो भने यो गीतको अडियो मेकिङमा नयाँ पक्ष खासै छैन । लोक लयका शब्दहरु मात्र फरक हुन । राजनराजको पूरानै कलर र पूरानै प्यार्टन देखिन्छ । यदि बजारमा नयाँ फिल्म आउछन भने नयाँ कलर, नयाँ ट्यून, नयाँ शैली सहितका पृथक गीत आउँनु पर्छ अनि मात्र दर्शकले त्यसलाई सजिलै स्वीकार्छन ।
हामीले यो गीत झुर भयो भनेर भनेका चाँहि हैनौ तर बबाल भन्न मात्र नसकेका हौँ । यो एभरेज गीत हो । यसलाई प्रोमोश्नल गीतका रुपमा पब्लिसिटी गर्नु अन्जिला टिमको आत्मघाती निर्णय हुन सक्छ र फूटबलर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथा माथि अन्याय हुन सक्छ ।
फूटबलर एञ्जिलाको वास्तविक कथा माथि न्याय गर्ने हो भने उनको जीवनको उतार चढावसँग मेल खाने गीत रच्नु पथ्र्यो र त्यसलाई नै प्रोमोश्नल गीत बनाएर बजारमा हल्ला पिटाउनु पर्थियो तर यहाँ त्यसो भएन । यस्तो संवेदनशील र महत्वपूर्ण कथा बोकेको फिल्मको गीत दयाहाङका विगतका गीत झै निस्कियो ।
राजनराज जस्ता माटो सुहाउदो सर्जकसँग स्टक अझै बाँकी होलान तर अब उनले आफ्नो स्टाईल बदल्नु पर्छ । आफूले नगाएर अरुलाई मौका दिनुपर्छ र मार्केटमा विक्यो भन्दैमा आफ्ना गीत जहाँ पायो त्यही प्लेसमेन्ट गर्न पनि दिनु हुदैन । स्टोरी बुझेर , सन्दर्भ बुझेर मात्र दिएको राम्रो । यसले सर्जको साख गिर्न दिन्न ।
आगामी फागुन २९ गते रिलिज हुने फिल्मलाई प्राविधिक दृष्टीकोणबाट अत्यन्त राम्रो निर्देशन गर्न सक्ने निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन ।
देश विदेश बुझेका , नेपाली फिल्म लाई ईन्टरन्याश्नल क्वालिटीको बनाउँन र चिनाउँन निरन्तर प्रयाश गरिराख्ने , चाम्सले यो गीतलाई प्रोमोश्नल गीतका रुपमा बजारमा ल्याउने निर्णय गरेको देख्दा न्यूज फिल्मी पनि तीन छक्क परेको छ ।
सिच्वुवेश्नल भए माथिका कुरामा माफ पाउँ तर निर्माण टिमले प्रोमोश्नल भनेर समाचार फ्याकेको फ्याकै छ र युट्युबमा अपलोड भएको गीतको आवरण चित्र (थम्बनेल )मा पनि त्यस्तै लेखिएको छ । प्रोमोश्नल मुभि सङ । हेर्नुस गीत