अब सुन्छ अमेरिकामा प्रदीप रोदन र साईग्रेसको प्रस्तुती रहने : अरु कार्यक्रमको सेड्यूल यस्तो

काठमाण्डौँ । अब हाँस्छ अमेरिका र अब नाच्छ अमेरिकाको अपार सफलतापछि फ्लाई नेपाले अब सुन्छ अमेरिका आयोजना गर्ने भएको छ ।

आईतबार काठमाण्डौँमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजक प्रमुख विनोद अधिकारीले आगामी फ्रेब्रुअरी २६ देखि ३ महिना अमेरिकाका विभिन्न शहरमा अब सुन्छ अमेरिका आयोजना हुन लागेको जानकारी दिएका हुन । यो कार्यक्रममा सुप्रसिद्ध गजलकार प्रदीप रोदनका गजल र साइग्रेस पोखरेलको कथा वाचन हुनेछ ।

यसैगरी अब सुन्छ अमेरिका पश्चात दोश्रो सिजनको कार्यक्रम अन्र्तगत अब हाँस्छ अमेरिका -२ र अब गाउँछ अमेरिका पनि आयोजना गर्न लागिएको छ । दिईएको जानकारी अनुसार दोश्रो सिजनको अब हाँस्छ अमेरिकामा कमेडी दरबारको केही सदस्यहरुले सहभागिता जनाउँदैछन । यो टिममा विक्की अग्रवाल सहित पवन खतिवडा (म्याकुरी), सुन्दर खनाल, मिस पवी, सुजिता श्रेष्ठ र विकास अर्याल रहने छन ।

यसैगरी अब गाउँछ अमेरिकाको टिममा गायक बद्री पंगेनी सहित प्रताप दास, एलिना चौहान र कला लम्साल रहनेछन । तीन महिने अमेरिकाको यात्रामा धेरै जसो नयाँ र केही लोकप्रिय गजल सहित मेरो प्रस्तुती रहने छ गजलकार रोदनले न्यूज फिल्मीसँग कुराकानी गर्दै भनेका छन । यसैगरी अन्य कलाकारहरुले यो कार्यक्रमलाई सफल बनाउँन आफ्ना तर्फबाट सक्दो राम्रो रिजल्ट दिने कार्यक्रममा बताएका छन ।

Leave a Reply