काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ ।
शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो ।
ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले सक्ने गरी यो सिजन अन एयर हुँनेछ जहाँ नयाँ कोचका रुपमा लोकप्रिय लोक गायक खेम सेन्चुरी सहित यस अघि भ्वाइस किडमा कोच बनेकी गायिका मेलिना राई आकर्षणको केन्द्र बन्दैछन । यो सिजनमा मेलिना र खेमका अलावा यस अघि कोच बनिसकेका गायकद्धय राजु लामा र उदय सोताङ भने यथावत छन ।
‘राजु दाईसँग चाँहि त्यति क्लोज थिईन अब मौका मिल्नेछ तर मेलिनासँग चाँहि पहिले देखिको चिनजान हो अब झन राम्रो बन्डिङ हुनेछ ‘ कार्यक्रममा गायक खेम सेन्चरीले बताएका छन ।
लक्ष्मण पौडेलको निर्देशनमा बनिरहेको द भ्वाई अफ नेपालको यो नयाँ संस्करण पौषको तेश्रो साता भित्र औपचारिक प्रसारणमा आईसक्ने छ जसमा विगतमा झै सुशिल नेपाल होस्टका रुपमा देखिनेछन ।
भ्वाईसको छैठौँ संस्करणका लागि सम्पूर्ण मार्केटिङको जिम्मेवारी भने एस मिडिया एण्ड मार्केटिङले लिएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा क्लोजअप टूथपेष्ट रहनेछ भने को-स्पोन्सरमा डार्क फेन्टासी चकलेट र सनप्ले स्किन अकुवा रहनेछन ।
त्यसैगरी अन्य स्पोन्सरमा डेकोर पार्टनर बनेर रोयल प्ले, ग्रुमिङ पार्टनरका रुपमा जोय व्यूटि वाई नेचर, हेल्दी स्किन पार्टनरका रुपमा बोरो प्लस, स्किन पार्टनरमा लेट मि ईन, हेल्दी हेयर पार्टनरमा सनशिल्क, फरगरेन्स पार्टनरमा लेयर सट, हेयर कलर पार्टनरमा गोदरेज एक्सपर्ट, फलोरिङ पर्टनरका रुपमा यति कार्पेट, ट्राभल पार्टनरमा सुमेघ होलिडे तथा भोटिङ पार्टनरमा खल्ती डिजिटल वालेट लगायत रहेका छन ।