जेरी अन टपको मुहूर्तमा अनमोलले सुपरस्टार भन्दा माग्ने बुढा दंग

काठमाण्डौँ । केदार घिमिरे माग्ने बुढाको प्रवेशसँगै अझै वजनदार बनेको अनमोल केसीको नयाँ फिल्म जेरी अन टपको शुभ मुहूर्त भएको छ ।

सोमबार बिहान ललितपुरको पाटन स्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहुर्त गर्दा अनमोलले सुपरस्टार केदार दाई भनेर सम्बोधन गरेपछि माग्ने बुढा दंग थिए । ‘छक्का पञ्जामा ईन्ट्री हुँदा जहिले पनि सिट्ठी बजाउँने मै नै थिए आज सँगै काम गर्दैछौँ।’ अनमोलले मिडिया सम्बोधनका क्रममा भनेका छन ।

उता माग्ने बुढालाई अनमोलले सुपरस्टार भनेपछि तपाई के भन्नु हुन्छ भनेर मिडियाले प्रश्न गर्दा उनले यो अनमोलको यो महानता हो , हरेक फिल्म परीक्षा हो भन्दै सधै मिहिनेत गरिराख्ने बताए । कार्यक्रममा अभिनेत्री विपना थापाले अनमोलले सानो अवस्थामा आफूलाई सताएको प्रसंग रोचक रुपमा सुनाईन । उनले अनमोल पहिलो पटक हिरो हुँदा आफू छक्क समेत परेको बताईन ।

 

ट्रयाङगुलर लभस्टोरीमा आधारित जेरी अन टपममा आँचल शर्मा र जशिता गुरुङ मुख्य दुई अभिनेत्रीका रुपमा देखिदैछन । फिल्ममा अर्की अभिनेत्री सुरक्षा पन्त र भुवन केसी समेत विशेष भूमिकामा खेल्नेछन । मुहूर्तका क्रममा नयाँ टिम सहित अनमोल जशिता सँग काम गर्न पाउँदा खुशी लागेको बताईन । यस्तै जशिताले यो फिल्म आफ्ना लागि निकै स्पेशल रहेको बताउँदै फिल्म मास्टरपिस बन्ने दावी समेत गरिन । फिल्ममा निर्मल शर्मा, सहित लोकप्रिय गजलकार संगीता थापा मगर र छक्का पञ्जा ४ मा माग्ने बुढाको जोडी बनेर खेलेकी प्रतिभावान कलाकार सुश्मा निरौला पुनः माग्नेको जोडीको रुपमा देखिदैछिन ।

टेक्निकल्ली अत्यन्त क्षमतावान निर्देशका रुपमा परिचित हुँदै गरेका निर्देशक सुयोग गुरुङले यो फिल्म निर्देशन गर्दैछन जसले पछिल्लो पटक अनमोल जशितालाई लिएर फर्की फर्की नामक फिल्म बनाएका थिए ।

मंगलबार देखि पूर्ण रुपमा छायाँकनमा जाने फिल्मको सुटिङ काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिनेछ। फिल्मको बजेट करिब ५ करोडको हुने निर्माता सरोज न्यौपानले न्यूज फिल्मीलाई जानकारी दिएका छन ।

 

Leave a Reply