काठमाण्डौँ । अभिनेता विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन भएको छ ।
कोजाग्रत पूर्णिमाको बिहान विपिनकी श्रीमती रेश्माले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन । विपिनको पहिलो सन्तान पनि छोरी छिन जो उमेरले ५ बर्षकी भईसकेकी छिन ।
सरस्वती, बन्दना देखि शिव तान्डव, हनुमान चालिसा समेत सर्लकै गाउँन सक्ने विपिनको पहिलो नानीको नाम ब्राह्म्मी कार्की हो ।
उनी पढ्न लेख्नमा निकै राम्रो छिन । दोश्रो सन्तानको आगमन सँगै खुशी रहेका विपिन करिब १० दिनको ब्रेक पश्चात आफ्नो नियमित काममा पुन : फर्किने छन ।