जेरीको आमा बन्दै विपना : फिल्मको बजेट ५ करोड पुग्ने देखियो

काठमाण्डौँ । कलकारहरुको बलियो लाइनअप देखिएको अनमोल केसीको अपकमिङ फिल्म जेरी अन टपमा विपना थापा पनि देखिने भएकी छिन ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार विपनाले अनमोलले निभाएको फिल्मका मुख्य पात्र जेरीको आमाको भूमिका निर्वाह गर्नेछिन ।

यो फिल्ममा विपनाको रोल रोचक रहेने बुझिएको छ । प्रत्येक बर्ष एक दुई पटक नेपाल आईरहने विपना विवाह पश्चात भारतको मथुरामा बस्दै आएकी छिन । करिब १६ बर्षको अन्तरालमा उनले गत बर्ष ह्रस्व दीर्घ नामक फिल्मबाट आफूलाई कमब्याक गराउँने प्रयाश गरेकी छिन जुन फिल्म कार्तिक ३० देखि प्रर्दशनमा आउँदैछ ।

 

तिहारको आसपासमा फ्लोरमा जाने तयारीमा रहेको जेरी अन टपमा केदार घिमिरे माग्ने बुढाको प्रवेश सँगै फिल्मको कास्टिङ थप रोचक मात्रै बनेको छैन यो प्रोजेक्ट प्रति डायष्पोराका नेपाली डिष्ट्रिीब्यूटरको ध्यान समेत तानिएको अवस्था छ ।

उच्च क्वालिटीको फिल्म निर्देशन गर्ने मामिलामा अग्रपंक्तिमा रहेका निर्देशक सुयोग गुरुङले यस फिल्मलाई निर्देशन गर्दैछन । जसले जसले गत जेठमा रिलिज भएको अनमोल केसीको करिअरकै उच्च क्वालिटीको फिल्म फर्की फर्की निर्देशन गरेका थिए ।

सम्बोधन र ग्याङस्टार ब्लुज नामक दुई फिल्म बनाएका निर्माता सरोज न्यौपानेले आफ्नो महत्वकाक्षी प्रोजेक्टका रुपमा यो फिल्ममा लगानी गर्दैछन ।

हिरोइन तर्फ आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त पनि एक साथ देखिदैछन । तसर्थ यो फिल्ममा सानो देखि ठूला रोलमा खेल्ने अन्य सम्पूर्ण कलाकारहरुको कास्टिङ तर्फको  बजेट जोड्दा मात्र डेढ देखि दुई करोडको हिसाव आउँने देखिन्छ ।

सुटिङको लागि प्रोडक्सन खर्च थप दुई करोड र प्रि प्रोडक्सन, पोष्ट प्रोडक्सन र रिलिजको दौरानमा लाग्ने थप पब्लिसिटी खर्च  थप एक करोड जोडदा यो फिल्मको बजेट न्यूतम ५ करोड पुग्ने हाम्रो सोझो हिसाव निस्किएको छ ।

Leave a Reply