ट्रेन्डिङमा उक्लियो छक्का पञ्जाको भाइरल गीत

काठमाण्डौँ । टिकटकमा अत्याधिक भाइरल भईरहेको छक्का पञ्जा ५ को ब्रेक अप गीत युट्युब ट्रेन्डिङको १८ हुँदै १६ मा उक्लिएको छ ।

१३ दिन अघि रिलिज भएको यस गीतका सवै लाईनहरु टिकटकमा पार्ट पार्ट भएर भाइरल भईरहेका छन यतिखेर । यो गीतमा उमेरले ७० बर्ष नाघेका बृद्धबृद्धा देखि स्कूल पढ्दै गरेका स–साना बालबालिकाहरु सम्मले टिकटक बनाएर रमाई रहेको देखिएको छ ।

हाल सम्म ६४ लाख भ्यूज पाएको गीतलाई बाबुल गिरीले तयार गरेका हुन जहाँ उनको एकलको शब्द सहित संगीत देखि लिएर गायन कलाको जादु देखिएको छ । गीतको अन्त्यमा फिल्मकी निर्देशक समेत रहेकी कलाकार दीपाश्री निरौलाले पनि एक लाईन गाएकी छिन । दीपाले गाएको लाईन चाँहि महिलाहरु माँझ अत्याधिक भाइरल भईरहेको छ ।

दशैंको फूलपाति देखि प्रर्दशनमा आउँन लागेको छक्का पञ्जा युनिट भने कमेडी च्याम्पियन यूनिटले आगामी असोज २० गते राष्ट्रिय नाचघर जमलमा गर्न लागेको ‘रोस्टिङ ब्याटल’ को तयारी र फिल्मको ट्रेलर निकाल्नमा व्यस्त छ । बताईए अनुसार ‘रोस्टिङ ब्याटल’ को टिकट बिक्री बापत उठेको ४० प्रतिशत रकम बाढी पीडितको सहयोगमा खर्च गरिने छ ।

Leave a Reply