काठमाण्डौँ । गत हप्ता मुस्ताङमा आएको बर्षाले लाखौको सेट बगाएपछि ठूलो आर्थिक नोक्सानमा परेको फिल्म एक्लोको टिमलाई थप आर्थिक नोक्सान भएको छ ।
फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज) ले दिएको जानकारी अनुसार ललितपुरको च्यासलमा रहेको राजु पेन्टरको स्टूडियोमा बनाईएको नयाँ सेटलाई शनिबार बिहान आएको बाढीले क्षतविक्षत बनाएको हो ।
‘एक दुई दिनको मात्र काम बाँकी थियो तर आज बिहान च्यासल एरियामा आएको बाढी पसेर पुरै सेट विग्रियो । धन्न सामान बगाएर लगेन ।’ निर्माता विनोदले बताएका छन ।
प्रदीप शाहीको निर्देशनमा बन्दै गरेको एक्लोमा साइन्स फिक्सन स्टोरी बुनिएको छ जसको प्रमुख भूमिकामा प्रदीप खड्का सहित विजय लामा, सुरज सिंह ठकुरी, बेनिशा हमाल, दिनेश डिसी सुनील थापा, दिया पुन लगायतका कलाकारहरु छन ।