काठमाण्डौँ । पहिलो गीतले युट्युबको ट्रेन्डिङमा शसक्त पर्फमेन्स देखाईरहेका बेला १२ गाउँको नयाँ गीतले पनि ट्रेन्डिङमा बलियो स्थान बनाउँन थालेको छ ।
आगामी फूलपातिको दिन देखि छक्का पञ्जा ५ र ज्वाइँ साबसँगै प्रर्दशनमा आउँने यस फिल्मको क्रेज यति धेरै देखिन थालेको छ कि, मानौ यो फिल्मको कन्टेन्ट माथि जिस्किएर पनि यदि कसैले सामान्य भन्दा सामान्य टिप्पणी गर्यो भने सम्झनुस १२ गाउँका फ्यानहरुले टाइमलाईन खोजी खोजी टिप्पणीकर्ताको पिताश्रीको बिहे देख्ने गरी कमेन्ट गरिदिन्छन ।
गत भदौ २२ गते रिलिज भएको उक्त फिल्मको पहिलो गीतमा नव अभिनेता समीर भट्टको लचकदार डान्सले त अझै फ्यानहरु माँझ उत्साह बढाईदिएको छ । त्यसैले पनि होला यतिखेर १२ गाउँ सामाजिक सञ्जालमा टक अफ द टाउन बनिरहेको छ ।
यो फिल्मको पहिलो गीत रिलिज भएको १८ दिन सम्म आईपुग्दा समेत ट्रेन्डिङबाट बाहिरिएको छैन । असोज ८ गते साँझ साढें ७ बजे सम्म उक्त गीतले १४ लाख मात्र भ्यूज पाईरहदा ट्रेन्डिङबाट भने अझै टस मस भएको छैन । यो समाचार तयार पारुन्जेल सम्म १२ गाउँको पहिलो गीत ट्रेन्डिङको सातौ स्थानमा अझै बसिरहेको छ ।
यसैगरी सोमबार रिलिज भएको उक्त फिल्मको नयाँ गीतले पनि रिलिजको ७ घण्टामै ट्रेन्डिङको दौड सुरु गरेको छ । ट्रेन्डिङको १७औँ स्थानमा उक्लिसकेको नयाँ गीतमा समिरलाई लभरब्यायकै रुपमा देखाईएको छ तर यहाँ डान्स भने छैन । ईन्डियन टेलिभिजन एक्ट्रेश सोनु चन्द्रापाल सँगको केमेष्ट्रीलाई कोरियोग्राफर रामजी लामिछानेले भरपुर फिट देखाउँने प्रयाश गरेका छन ।
विराज भट्ट निर्देशित १२ गाउँको यो नयाँ गीतलाई चन्द्र ढुंगेलले लेखेका हुन जसका शब्द बुनाई निकै सुन्दर छन । अन्त्यानुप्राश मिलेको गीतको ओपिनङको वर्डिङ कसो आज मेरो अनिधो भो रात हजुर, मेहेन्दीले रंगिउ भन्छ किन हात हजुर…. सुरुवातमै सुन्दा मिठो सुनिएको छ ।
गीतको संगीत भने निरज सिंहले दिएका हुन । जसले पल र पूजाको पछिल्लो फिल्म रावायणको पनि लभ संङको बनाएका थिए । रावायणको त्यो गीतसँग १२ गाउँको यो गीतलाई दाजेर हेर्दा यसमा कर्मशियल पावर ज्यादा राम्रो छ । गीतको मिठास पनि यसमा ज्यादा छ ।
अझ यो गीतमा सुगम पोखरेल जस्ता दीग्गज गायकलाई नयाँ गायिका सदीक्षा कट्टेलको स्वरले सर्लक्कै जितेको छ । सदीक्षाको स्वर शिल्की र स्मुथ सुनिएको छ । प्लेब्याकका लागि अञ्जु पन्त, मेलिना राई र अस्मिता अधिकारी पछि यिनी अब अधिकाँश निर्माता निर्देशक र संगीतकारको रोजाइमा पर्न सक्छिन । यिनको भ्वाईसमा जादु छ ।
समग्रमा भन्नू पर्दा १२ गाउँको नयाँ गीतको अडियो मेकिङ राम्रो हो । जनरा अनुसार गीतमा पूर्ण मिठास छ हेर्नुस ।