काठमाण्डौँ । हुन त नेपाली फिल्म ईन्डष्ट्रीमा एष्ट्रोलोजर तथा न्यूमोरोलोजिष्टहरुलाई विश्वास गरेर आफ्नो र आफना प्रोजेक्टहरुको भब्यवाणी गर्दै आशा बोकी हिड्ने थुप्रै फिल्ममेकरहरु छन ।
कतिपयलाई यि कुराहरुले सकारात्मक उर्जा दिएको छ भने कतिले सोचे जस्तो रिजल्ट प्राप्त गर्न सकिरहेका छैनन । यो त आ–आफ्नो आस्था र विश्वास कुरा हो , हो । जसले जसरी प्रयोग गरिरहेको छ उसले सोही अनुरुप यि दुई कुराबाट रिजल्ट भोगिरहेको होला ।
जेस , आज हामी एस्ट्रोलोजीको भन्दा न्यूमोरोलजीको प्रसंगमा केन्द्रित भएका छौ जसलाई आगामी साता , बैशाख २१ गते देखि रिलिज हुन लागेको फिल्म मनसराले अनुशरण गरेको देखिन्छ । मनसरा टिमले अंग्रेजीमा लेखेको टाइटलमा Mansarra लेखेको छ । यहाँ अंग्रेजीमा प्रुफ चेक गर्दा Mansara हुनु पर्ने हो तर टिमले एटा R थपेर संख्या ८ किन पुर्यायो त ? पक्कै पनि सजिलै बुझन सकिन्छ निर्देशक उपेन्द्र सुब्बाको टिमले न्यूमेरिक ट्रायल गरेको छ फिल्ममा ।
यसैगरी यो फिल्मका निर्माता समेत रहेका सिनेमाटोग्राफर शैलेन्द्र ध्वज कार्कीले अरु बेला शैलेन्द्र डि. कार्की लेख्ने गर्थे तर उनले पनि यो पटक फिल्मका पब्लिसिटी सामग्रीहरुमा आफूले लेख्दै आएको नामको बीचको ध्वजलाई हटाएर एघार अंकको Shailendra K मात्र लेखेका छन । जव कि सुरुवाती दिनमा निस्किएका पोष्टरहरुमा टिमले नाम परिवर्तन गर्ने कुरामा केही नगरेको यो तलको तस्बिरले प्रष्टयाउँ छ।
मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडा र दयाहाङ राई समेत रहेको फिल्म अगामी साता बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । यतिखेर टिमले सुपरहिट चलचित्र जारी पछि उपेन्द्र सुब्बाको दोश्रो चलचित्र मनसरा भनेर प्रचार गरेको गर्यौ छ ।
अंक विज्ञानमा न्यूमेरिकको अर्थ हुन्छ संख्यात्मक जसमा कुनै संख्या होस । जुन गन्तीमा पर्दछ । जस्तै, ०,१,२,३,४,५,६,७, ८, ९ सम्मको र यिनै संख्याहरुलाई जोड घटाउ गर्दै आफ्नो लक्की नम्बर तथा न्यूमेरिक प्याड निकालेर मानिसहरु थप सफलता प्राप्त गर्न खोज्दछन । जुन ट्रायल यस पटक मनसरा टिमले गरेको देखियो ।