दुई दिनमा बोक्सीको घरको व्यापार २ करोड १५ लाख

अनुप भट्टराई

काठमाण्डौँ । केकी अधिकारीको फिल्म बोक्सीको घरले दुई दिनमा २ करोड १५ लाख प्लसको कारोबार गर्न सफल भएको छ ।

पहिलो दिन ६० लाखको हाराहारीमा ओपनिङ गरेको फिल्मले हिजो शनिबार अल नेपाल १ करोड ५५ लाख प्लस कारोबार गरेको हो । हिजो काठमाण्डौँ उपत्यकाको सेल्सलाई मोफसलको सेल्सले  जितेको छ । शनिबार काठमाण्डौँ टेरिटोरीमा ७५ लाख र मोफसलमा ८० लाखको हाराहारीमा फिल्मको व्यापार भएको देखिन्छ ।

तसर्थ घरेलु बक्स अफिसमा बोक्सीको घरले दुई दिनमा २ करोड १५ लाख प्लस ग्रस कलेक्सन नघाएर आफूलाई बक्स अफिसमा सफल सावित गरेको छ ।

 

Leave a Reply