तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए

काठमाण्डौँ । शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

आउदो भदौ २८ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा बिपिन कार्की दोहोरो रोलमा देखिनेछन भने अभिनेत्री गौरी मल्ल , बर्षा राउत, ऋचा घिमेरे तथा बुद्धि तामाङ्ग मुख्य भूमिकामा हुनेछन ।

नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा उत्कृष्टता हासिल गरिरहेको सेभेन सिज इन्टरटेन्मेन्टका बिनोद पौडेल रमेश चौलागाइ , प्रतीक सुवेदी ,अदिती खरेल यही फिल्म बाट निर्माताको रुपमा डेब्यु गर्दैछन ।

फिल्म नेपाल सहित नेपाली डायस्पोरामा २०८१ सालको भदौ २८ गते एकसाथ रिलिज हुने जनाइएको छ ।

‘तेल भिसा’ले विकसित मुलुकमा नेपाली जाने र उतै पलायन हुने प्रवृत्तिको कथावस्तु पेश गर्छ । सुशन प्रजापतिले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जनाइएको छ ।