काठमाण्डौँ । द भ्वाईस सिजन ३ का विजेता किरण गजमेरले आवाज भरेको फिल्म ‘नाङ्गो गाउँ’को गीत रिलिज भएको छ ।
भदौको २९ गतेबाट रिलिज प्रर्दशनमा आउँने फिल्मको गीतमा किरणको एकल स्वर सुन्न सकिन्छ । फिल्मको गीतमा उनले स्वर भरेको यो चौथो प्रयाश हो । यस अघि उनले भ्वाईसको ताज जित्नु अघि नै जीवन लुइटेल र संचिता लुइटेलको फिल्म राधाको हिट नम्बर छपक्कै फूल फूल्यो डालिमा गाएका थिए भने सत्यराज आचार्य अभिनित साढें सात फिल्मको गज्जब हुनेछमा पनि उनले आवाज भरिसकेका थिए । भ्वाईसको विजेता बनेपछि भने उनले पूजा शर्मा र आकाश श्रेष्ठको सम्झना विर्सना फिल्ममा अञ्जु पन्तसँग हाँस्ने खेल्ने बेलैमा बोलको गीत गाईसकेका छन ।
शुक्रबार सार्वजनिक ‘नाङ्गो गाउँ’को गीतमा शब्द राजेश अर्यालको हो भने संगीत एस डी योगीले भरेका हुन । तर यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने संगीतकार योगीले यस अघि बनाएको कबड्डी द फाईनल म्याचको केशरी गीतको कलरसँग यो गीतको कलर मिल्दो जुल्दो सुनिन्छ । गीतलाई किरणले निकै न्यायपूर्ण ढंगमा गाएका छन । गीतको भिडियोमा कर्म र साम्राज्ञीराज्य लक्ष्मी शाह फिचरर्ड छन । रामजी लामिछानेको कोरियोग्राफी स्टाईल थिएटर मुडको छ ।
राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई मूल कथा बनाईएको फिल्मलाई दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार गरिएको हो । फिल्ममा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।हेर्नुस गीत