काठमाण्डौँ । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर;को निर्माण घोषणा गरिएको छ ।
आईतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइँटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरिएको थियो । अन्य भैरहने फिल्मी कार्यक्रम भन्दा पृथक शैली अपनाईएको यस कार्यक्रममा सुजन चपागाईले फिल्मको शीर्ष गीत गाएका थिए ।
आर्टमान्डु मिडियाले निर्माण गर्न लागेको यस फिल्मलाई नविन चौहानले डेब्यू निर्देशन गर्दैछन । निर्देशक नविन गीति कथामा म्यूजिक भिडियो बनाउँने मामलामा अब्बल निर्देशक मानिन्छन ।
नविनले प्राय जसो सुजन चापागाईका गीतहरुलाई बढी निर्देशन गरेका छन । आगामी मंसिर देखि फ्लोरमा जाने भएका कारण उनले म्यूजिक भिडियो निर्देशनको कार्यलाई तत्काल रोकेको जानकारी समेत दिएका छन । यो प्रोजेक्टमा निर्देशक नविनको कोर टिमका गायक सुजन चापागाईको संगीत रहने छ भने लिरिक्स लेखन हर्क साउदको रहने छ ।
कलाकारहरुमा छक्का पञ्जा ४ मा अभिनेता राज आचार्यको जोडी बनेर खेलेकी अभिनेत्री परिक्षा लिम्बु र फुलथुंगे रानी गीतका मोडल एलेक्स विश्वकर्मा पारसलाई अर्को जोडीका रुपमा प्रस्तुत गरिने छ । जानकारी अनुसार अन्य काष्टिङ भने विस्तारै छनौट गरिनेछ । फिल्मलाई चिन्तन राज भण्डारीले छायाँकन गर्नेछन ।
कार्यक्रममा अभिनेता विपिन कार्कीले मिरुनासँग जोडी बाधिदा आफूलाई निकै मज्जा लागिरहेको बताउँदै निर्देशकको सोचलाई पूर्ण साकार बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
यसैगरी अभिनेत्री मिरुनाले विपिनसँगको आफ्नो केमेष्ट्री उत्कृष्ट हुने दावी गरेकी छिन भने निर्देशक चौहानले आफूले आफ्ना म्यूजिक भिडियोहरुमा कथानै भनिरहेको तर्क गर्दै ठूलो क्यानभासमा आउँन लागेको बताए । उनले भने ‘सानो पोखरीमा पौडी खेल्थे अब सागरमा पौडि खेल्न निस्कएको हुँ ।’