ऊनको स्वीटरमा विपिनको जोडी बाधिईन मिरुना : नविन चौहानले डेब्यू निर्देशन गर्दै

काठमाण्डौँ ।  अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘ऊनको स्वीटर’ मा अभिनेत्री मिरुना मगर जोडीका रुपमा देखिने भएकी छिन ।

न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार आउँदो आईतबार भब्य कार्यक्रमका बीच घोषणा हुन लागेको उक्त फिल्ममा विपिनको जोडीका रुपमा मिरुनालाई दुई दिन अघि फाइनल गरिएको हो ।

मिरुना र विपिनले लालपूर्जा नामक एक फिल्ममा सँगै काम गरेता पनि उक्त फिल्मको एक सिनमा मात्र विपिन र मिरुनाको भेट भएको थियो । तसर्थ जोडीका रुपमा यो फिल्मनै उनीहरुको पहिलो फिल्म बन्ने भएको छ ।
म्यूजिकल फिल्मका रुपमा करिब १ दर्जनको संख्यामा म्यूजिक भिडियो बनाईसकेका निर्देशक नविन चौहानले यस फिल्मलाई डेब्यू निर्देशन गर्दैछन । नेपाली गीत संगीतको बजारमा नविन निकै नै क्रिएटिभ डाईरेक्टरका रुपमा चिनिन्छिन । उनले बनाएका प्राय सवै गीतहरुको स्टोरी टेलिङ र मेकिङ उत्कृष्ट छ ।

विपिन कार्की, मिरुना मगर र निर्देशक नविन चौहान ।
विपिन कार्की, मिरुना मगर र निर्देशक नविन चौहान ।

पछिल्लो समय ब्लकबस्टर भएको सुजन चापागाईको फुलथुंगे रानीको म्यूजिकल भिडियो पनि नविनले बनाएका हुन । आर्टमाण्डु नेपालको प्रोडक्सनमा बन्न लागेको यो फिल्म सोसल ड्रामा जनरमा बन्दैछ । आउँदो वीन्टरबाट फ्लोरमा जाँने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन । विपिन कार्की तस्बिर सौजन्य स्ट्रिीट नेपाल