विरोधको वावजुद पनि रोकिएन ह्वाट द फ्ल्प : नयाँ एपिसोडमा किरा जोडी अतिथि

काठमाण्डौँ ।  पछिल्लो साता अभिनेता पल शाहको अन्र्तवार्ता प्रसारण भएपछि विवादमा परेको कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ह्वाट् द फल्पको नयाँ एपिसोड विना अवरोध छायाँकन भएको छ ।

केही बेर अघि हाँस्य कलाकार किरण केसीले आफनो सामाजिक सञ्जालमा ‘आज ह्वाट द फ्ल्प कार्यक्रमको सुटिङ गरियो धेरै मज्जा आयो ओम’ भनी तस्बिर पोष्टाएपछि ह्वाट द फल्पको नियमित सुटिङ भएको खुलेको हो । नयाँ एपिसोडमा किरण केसीका साथमा राजाराम पौडेल पनि सँगै गेष्ट बनेर  पुगेको देखिएको छ ।

करिब २ घण्टा लगाएर खिचिएको नयाँ एपिसोडमा कार्यक्रममा होस्ट सन्दीप क्षेत्रीले किरा जोडीको संघर्षकालिन कथालाई रोचक शैलीमा प्रस्तुत गरेको बुझिएको छ तर राजाराम पौडेलले चाँहि पल शाहको अन्र्तवार्ताको विषयमा केही प्रसंग समेत उठाएको बुझनमा आएको छ ।

जेल बाट निस्किएको करिब ४ महिना पछि पछिल्लो साता अतिथि बनेर पहिलो पटक टेलिभिजन अन्र्तवार्ता फेस गर्न पुगेका अभिनेता पल शाहसँग लिईएको अन्र्तवार्तामा होस्ट सन्दीप क्षेत्री र पल शाहको प्रस्तुती लाई लिएर चर्को विरोध उठेसँगै कान्तिपुर टिभिले उक्त अन्र्तवार्ता युट्यूब च्यानलबाट फिर्ता गर्नुपरेको थियो ।

साथमा केही मिडियाले अध्यक्ष कैलाश सिरोहियाको हवाला दिदै कार्यक्रम रोकिने तथा सन्दीप क्षेत्रीलाई टिभिबाट हटाईने जस्ता खबरहरु समेत पोष्ट गरेता पनि सन्दीपको कार्यक्रमलाई कान्तिपुरले नरोकेको प्रष्ट भईदिएको छ ।

पल शाहसँग सन्दीपले लिएको अन्र्तवार्ता कान्तिपुर टिभिको अर्काईभबाट हटाईएपनि पल शाहले खेलेका म्यूजिक भिडियोको प्रसारणमा भने कान्तिपुरले कुनै रोक लगाएको छैन । हालै मात्र न्यूज फिल्मीले कान्तिपुर टिभि नियाल्दा पल शाहले खेलेको गीतहरु निरन्तर प्रसारण भईरहेका छन ।