प्रकाश सपूतकी फूलमायाले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने

काठमाण्डौं । गायक प्रकाश सपूतको पछिल्लो बल्कबष्टर सृजना सकम्बरी (फूलमाया) गीतमा मुख्य भूमिका निर्वाह गरेर चर्चा बटुलेकी मोडल कुसुम शर्माले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने भएकी छिन ।

निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको संजीवनी फिल्मका लागि कुसुमलाई निर्माण यूनिटले अनुबन्ध गर्दे फिल्मको फष्ट लुक पोष्टर समेत रिलिज गरेको छ । पोष्टरमा खुलाईएको आउटलाईन अनुसार के मायामा उमेर अन्तरले असर गर्छ र भनी प्रश्न गरिएको छ ।

सार्वजनिक आउटलाईन अनुसार पाका उमेरका आर्यन सिग्देल र युवती कुसुमबीचको प्रेम कथा फिल्मले भन्नेछ । आउँदो भदौ देखि फ्लोरमा जाने यस फिल्ममा कुसुम र आर्यनका अलावा हिरोइन श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अनुस्या श्रेष्ठ पनि प्रमुख भूमिकामा देखिनेछन ।

छोटो समयमै निकै चर्चा कमाएकी कुसुमले फिल्ममा डेब्यू गर्ने अबसर पाएसँगै आफ्नो सोसल साईटस आर्यन सिग्देल सहित निर्देशक दिनेश श्रेष्ठ र आफूलाई यो क्षेत्रमा ल्याउने गायक प्रकाश सपूतलाई समेत धन्यवाद दिदै फिल्ममा डेब्यू गर्न पाएको प्रति खुशी ब्यक्त गरेकी छिन ।