Film

फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीको अवसरमा रिलिज हुने फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको समावेश रहेको देखिन्छ, जसले दर्शकलाई आकर्षित गर्ने काम गरेको छ। फिल्म पारिवारिक कथामा आधारित छ र मिलन तामाङको निर्देशनमा बनेको हो। फिल्ममा प्रमुख कलाकारका रूपमा धिरज मगर, उपासना …

Read More »

‘सोल्टिनी’ फिल्मको टिजर सार्वजनिक

काठमाडौं। नेपाली फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ। यसअघि फिल्मका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित …

Read More »

अस्कर अवार्डका लागि नेपालबाट अञ्जिला सिफारिसमा

काठमाण्डौँ । आगामी वर्ष हुने ९८औं अस्कर अवार्डका लागि नेपालको तर्फबाट फिल्म ‘अञ्जिला’ सिफारिसमा परेको छ। द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा …

Read More »

अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुने

काठमाडौं। असोज १३ गते दशैँको फूलपातीको दिन नेपालमा रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ। अमेरिकामा यस फिल्मलाई आहाना पौडेलले वितरण गर्न लागेका छन्। यो उनको फिल्म वितरणमा डेब्यु हो। आहान नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा हुन् र पछिल्लो समय टेक्सासमा बसोबास गर्दै …

Read More »

´जारी २` कार्तिक ६ गते रिलिज हुने

काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । फिल्मको निर्माण टिमले मंगलबार …

Read More »

‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक

काठमाडौं। आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक भएको छ। सुजन चापागाँइको स्वर र संगीतमा तयार गरिएको गीतमा हर्क साउदले शब्द भरेका छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आमाको माया र त्यागलाई समेटिएको यो गीतमा सन्तानप्रतिको आमा–समर्पण र छोराले …

Read More »

हल सञ्चालनमा आएसँगै सोमबारदेखि ´ कोशेढुङ्गा ` प्रदर्शनमा आयो

काठमाडौँ । सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित …

Read More »

फूलपातीमा रिलिज हुने भयो फिल्म ‘अभिमन्यु : च्याप्टर १’

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको फिल्म फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो फिल्म पछि सरेर असोज १३ मा पुगेको हो । “भदौ २७ गते प्रदर्शनमा …

Read More »

‘मोहर’ फिल्म हेरेर ‘सुनको मोहर’ जित्ने अवसर

काठमाडौं। साउन २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा …

Read More »

मितज्यु’मा अरुण पुन अनुबन्ध

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप …

Read More »