‘दले दाइ’ सुमन कोइरालाको फिल्म डेब्यु, ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त

काठमाडौँ। ‘दले दाइ’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी हास्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’बाट रजतपटमा देखिन लागेका हुन्।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार छायांकन असार २९ गतेदेखि सुरु हुनेछ।

आभास अधिकारीको कथा तथा अवधारणामा बन्न लागेको फिल्मको निर्देशन समीरले गर्नेछन्। फिल्ममा सुमनसँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीको अभिनय रहनेछ।

प्रद्युम्न बोगटी (प्रबिन) निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आभास अधिकारी हुन्। भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्मातामा छन्।

विशाल कक्षपतिको छायांकन रहने फिल्ममा अभिषेक कार्कीको संगीत हुनेछ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद लेखेका हुन्। करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनर रहेका छन्।

फिल्ममा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेनको पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टाइल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ।

Leave a Reply