काठमाडौं । अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका गीतकार रुपेश शर्माले आफ्नो नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक गरेका छन्। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियो प्रेमकथामा आधारित छ।
गीतमा गायक सिडी विजय अधिकारी र गायिका मनीषा राईको स्वर रहेको छ। संगीत सिडी विजय अधिकारीले तयार गरेका हुन् भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। सिडी विजय अधिकारी र मनीषा राई वास्तविक जीवनमा पनि श्रीमान–श्रीमती हुन्।
भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितको अभिनय देख्न सकिन्छ। प्रेममा रहेका दुई पात्रबीच मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट हुने कथालाई भिडियोले प्रस्तुत गरेको छ। संवाद र नृत्यलाई समेटेर तयार पारिएको भिडियोले गीतको भावलाई जीवन्त बनाउने प्रयास गरेको छ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्। छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्मा, मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा तथा सहायक निर्देशन राहुल अधिकारीले सम्हालेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको हो।
News Filmy Newsportal / Nepal