काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ पूरा गरेका छन् । सलमान खान फिल्म्सको ब्यानरमा बनेको फिल्ममा उनी सलमान खानसँगै मुख्य भूमिकामा छन् ।
मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा उनले आफ्नो भागको डबिङ सकेका हुन् । फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार स्वतन्त्रता दिवस आसपास रिलिज गर्ने तयारी छ ।
नेपाली कलाकारका रूपमा अनुपविक्रमको बलिउड उपस्थितिलाई अर्थपूर्ण मानिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारको विस्तारका रूपमा यसलाई हेरिएको छ ।
यसैबीच, उनी अर्को एक बलिउड परियोजनामा पनि जोडिएका छन् । ठूलो ब्यानरको उक्त फिल्मको औपचारिक घोषणा अगस्ट वा सेप्टेम्बरमा हुने उनले बताएका छन् ।
अनुपविक्रमले वैशाख २० देखि ‘१२ गाउँ २’को छायांकन सुरु गर्नेछन् । हालै उनी यामहाको ब्रान्ड एम्बेसडर पनि बनेका छन् ।
News Filmy Newsportal / Nepal
