काठमाडौं। नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा शिवाकोटी Success Education & Visa Services की आधिकारिक ब्रान्ड एम्बासडर बनेकी छन्।
अष्ट्रेलियामा मुख्य आधार बनाएर सञ्चालन हुँदै आएको Success Education & Visa Services ले एक दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूलाई शिक्षा र करियर लक्ष्य हासिल गर्न सहयोग गर्दै आएको छ। कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नेपाल, भारत, फिलिपिन्स, मंगोलिया, भियतनामलगायत दक्षिण एसियाका विभिन्न देशहरूमा शाखा विस्तार गरिसकेको छ भने युरोप र दक्षिण अमेरिकामा पनि रिमोट सेवामार्फत पहुँच बढाएको छ।
यस सहकार्यलाई औपचारिकता दिँदै कम्पनीका निर्देशक राम कार्की र अभिनेत्री वर्षा शिवाकोटीबीच MOU (सम्झौता पत्र) मा हस्ताक्षर गरिएको छ। अब वर्षाले कम्पनीको ब्रान्ड प्रतिनिधित्व गर्दै विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सचेतना र मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
यो सहकार्यले विशेषगरी अष्ट्रेलिया जान इच्छुक नेपाली विद्यार्थीहरूका लागि अझ विश्वासिलो र प्रभावकारी प्लेटफर्म निर्माण गर्ने विश्वास गरिएको छ।
News Filmy Newsportal / Nepal