खेम सेञ्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिक, पल शाह–सदृना ठकुरीको आकर्षक अभिनय

काठमाडौँ । चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको उक्त गीत डान्सिङ तथा रोमान्टिक शैलीमा तयार पारिएको हो।

म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल सदृना ठकुरीको अभिनय देख्न सकिन्छ। भिडियोमा एक सुन्दर युवतीलाई पछ्याउने युवाको कथालाई साङ्गीतिक रूपमा प्रस्तुत गरिएको छ। पल शाह र सदृना ठकुरीको जोडीलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन्।

Leave a Reply