काठमाडौं । ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली फिल्मका लागि कलाकारको खोजी सुरु गरिएको छ। निर्माण टिमले अडिसन तथा कास्टिङ कल आह्वान गर्दै मुख्य तथा विभिन्न चरित्रका कलाकार आवश्यक रहेको जनाएको हो।
आगामी असारको पहिलो सातादेखि छायांकनमा जाने तयारी गरिएको उक्त फिल्मको नाम र निर्देशक भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण पक्षले परियोजनालाई गोप्य राख्दै काम अघि बढाएको जनाएको छ।
जारी पोस्टरअनुसार १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका अभिनेता तथा अभिनेत्रीहरूको खोजी भइरहेको छ। नवोदित तथा अनुभवी दुवै कलाकारले अडिसनमा सहभागी हुन सक्नेछन्।
अडिसन आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भत्केको पुलस्थित कठघरा स्टुडियोमा सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले अनिवार्य रूपमा ९८०८३८४९७४ नम्बरमा फोन गरेर पूर्व-दर्ता गराउनुपर्नेछ।
निर्माण पक्षका अनुसार फोनमार्फत दर्ता प्रक्रिया पूरा गरेपछि मात्र अडिसन दिन पाइनेछ।
फिल्मको निर्देशन कसले गर्दैछ भन्ने विषयलाई भने पूर्ण रूपमा गोप्य राखिएको छ। यद्यपि, नेपाली फिल्म उद्योगकै एक स्थापित निर्देशकले यस प्रोजेक्ट निर्देशन गर्ने दाबी निर्माण टिमले गरेको छ।
News Filmy Newsportal / Nepal