काठमाडौँ । हाल, सफलतापूर्वक चलिरहेको अशोक दर्जीको फिल्म ‘मन बिनाको धन’मा सशक्त रुपमा भिलेनको भूमिकामा देखिएका कलाकार एवं गायक शंकर श्रेष्ठले गायिका अनु चौधरीसँग युगल गीत ‘तिमिलाई मेरो भर’ ल्याएका छन् ।
मुख्य रुपमा गायन पेशामा रहेका गायक श्रेष्ठ अभिनयमा समेत रुची राख्ने व्यक्तित्व हुन जो अभिनयमा जम्ने शिलशिलामा ‘मन बिनाको धन’को एउटा महत्वपूर्ण भूमिकामा पहिलो पटक फिल्म अभिनयमा देखिदा उनको भूमिकालाई लिएर दर्शकले प्रसंसा गरिरहेका छन् ।
विभिन्न हल भिजिटका क्रममा उनलाई भिलेन -भिलेन भन्दै फोटो खिच्ने दर्शकहरुको भिड देखिन्थ्यो । गृह जिल्ला झापाको पाथिभरा सिने प्लाजामा पुग्दा पनि उनलाई गाउँलेहरुले नामले भन्दा ज्यादा भिलेन भनेर सम्बोधन गरेको पाईयो । करिब एक दर्जन गीत र सोही अनुसारले म्यूजिक भिडियो समेत निकालेर अभिनय यात्रामा होमिएका शंकर भविष्यमा गायनसँगै अभिनयमा स्थापित हुन चाहन्छन् ।
नयाँ गीत सार्वजनिक भएपछि न्यूज फिल्मीसँगको कुराकानीका क्रममा शंकरले भनेका छन् ‘सर दुवै तिर ईन्ट्रेष्ट हो तर फिल्ममा पाएको दर्शकको मायाले पूरै अभिनयमा होमिउँ कि जस्तो पनि भईरहेको छ । ‘ शिशिर भण्डारीको निर्देशन तथा उनको साथमा मोडलद्धय आभा थापा र श्री थपलियाका साथमा शंकरले पनि गीतको भिडियोमा अभिनय गरेका छन् । हेर्नुहोस्, गीत —
News Filmy Newsportal / Nepal
