सनिशा र आर्शिवादलाई जोडी बनाएर गायक अनिल अधिकारीले ल्याए रोमान्टिक नम्बरको गीत ‘कसले भनेको…’

काठमाण्डौँ । गायन क्षेत्रमा स्थापित हुन खोजिरहेका नव गायक अनिल अधिकारीले रोमान्टिक नम्बरको नयाँ गीत सार्वजनिक गरेका छन् ।

अभिनेता आर्शिवाद क्षेत्री र अभिनेत्री सनिशा भट्टराईलाई जोडी बनाएर अनिलले फिल्मी स्टाईलको नयाँ गीत बजारमा ल्याएका हुन ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा सनिशा र आर्शिवादको अनस्क्रिन जोडी निकै सुहाएको देखिन्छ । शब्द रचना तथा संगीत समेत अनिलकै रहेको यस गीतमा अस्मिता अधिकारीले युगल गायनमा साथ दिदा गीतको अडियोको स्तरियता बढ्नुको साथै नव गायक अनिललाई समेत फिल्मी गायनमा डेब्यू गराउन मद्धत गर्न सक्छ ।

नाइँ नभन्नू ल ६ बाट रजपटमा भित्रिएका आर्शिवाद र १२ गाउँबाट अभिनेत्रीका रुपमा उदाएकी सनिशाले यस अघि पनि केही म्यूजिक भिडियोहरुमा एक साथ अभिनय गरेका थिए , तर यस पटकको यो गीतमा भने उनीहरुको केमेष्ट्री अझ सुहाएको देखिएको छ । हेर्नुस गीत

Leave a Reply