काठमाडौं। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको टिजरमा हास्यसँगै भावनात्मक पाटोलाई पनि जोडिएको छ। हरिवंश आचार्य अभिनीत हरिबहादुर पात्रले हँसाउनुका साथै जीवनका गहिरा यथार्थ प्रस्तुत गरेको देखिन्छ।
फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्णबहादुर थापाको छायांकन, नहकुल खड्काको सम्पादन र वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपुतको संगीत रहेको छ।
News Filmy Newsportal / Nepal