काठमाण्डौं । १९ वर्षीया प्रिन्सेस मल्लले भारतको जयपुरमा अगस्ट ३–९ सम्म हुने ‘मिस टिन अर्थ २०२५’ मा नेपाल प्रतिनिधित्व गर्ने भएकी छन्। ‘एस अफ मोडेल्स अन फायर’ की विजेता प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्।
उनी क्याप्चर फोटोग्राफी नेपालमार्फत प्रतियोगितामा सहभागी हुँदैछिन्, जसका संस्थापक पविन्द्र श्रेष्ठ हुन्। प्रिन्सेसको तयारीमा पविन्द्र श्रेष्ठले मार्गदर्शन गरेका छन् भने कोरियोग्राफी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन्।
News Filmy Newsportal / Nepal