काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा फिल्म ‘सुम्निमा’ मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला (सिजन १४) का उत्कृष्ट आठभित्र पर्न सफल अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। अडिसनमार्फत चयन गरिएका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सले बताए।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा तयार हुन लागिरहेको यो फिल्म प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित हुनेछ। यसअघि उपासना सिंह ठकुरी, कुन्साङ बमजन र अनुप बिक्रम शाही यसमा अनुबन्धित भइसकेका छन्।
राजीव थापाको लेखन रहेको फिल्मको छायांकन अगस्टदेखि लन्डन र नेपालमा सुरु हुनेछ। चाम्सको पछिल्लो बायोपिक ‘अञ्जिला’ले बक्स अफिसमा सफलता पाएकाले ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गरिने बताइएको छ।
News Filmy Newsportal / Nepal