मिस नेपाल २०२५ को आवेदन खुल्यो

काठमाण्डौँ । नेपालको सवै भन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपालको नयाँ संस्करणको लागि आवेदन खुला भएको छ ।

आयोजक द हिडन ट्रेजरका अनुसार मापदण्ड पुगेका १८ देखि २७ बर्ष उमेर समूहका अविवाहित महिलाहरुले आगामी ३० जुन (असार १५ ) गते सम्म कम्पनीको वेवसाइट मार्फत आवदेन दिन सक्नेछन ।

प्रतियोगितामा सहभागिता हुनका लागि ५ फिट ३ ईन्च उचाई र नेपाली नागरिकता वा राहदानी वाहक हुनु पर्ने अनिवार्य सर्त उल्लेख गरिएको छ । साउनको अन्त्यतिर आयोजना हुने फिनाले अघि काठमाण्डौँ सहित पोखरा लगायत मोफसलका केही ठूला शहरहरुमा पनि अडिसन हुने आयोजकले जानकारी दिएको छ ।

 

Leave a Reply