जन्ते बाख्रोको शीर्ष गीत रिलिज

काठमाण्डौँ । पहिलो गीत सार्वजनिक भए लगत्तै चर्चामा आएको फिल्म जन्ते बाख्रोको तेश्रो गीत रिलिज भएको छ ।

G21 Digital को युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा विहेको प्रसंगलाई जोडेर शब्दहरु तयार छन । हुक लाइन मुकु मुकु म्या ए जन्तेबाख्रो… बनाईएको छ ।

गीतमा सौगात मल्ल, आसिफ साह देखि लिएर गरिमा शर्मा, कुसुम शर्मा, रुजा राउत, समापिका गौतम, विशाल पहाडी, लोकेन्द्र लेखक, रमा थपलिया लगायतका सम्पूर्ण मुख्य कलाकार फिर्चड छन । आगामी जेठ २३ गते देखि प्रर्दशनमा आउँने तयारी सहित पब्लिसिटिमा उत्रिएको जन्तेबाख्रोको यो गीतलाई निर्विकल्पमका साथमा गायक कृष्णभारद्धाजले तयार गरेका छन जहाँ उनको एकल गायन छ । गीतमा रिकेश गुरुङको संगीत छ भने कोरियोग्राफी प्रदीप लामाको हो ।

यो गीत वैवाहिक समारोहमा बजाउनका लागि केही हद सम्म योग्य छ । नेपालमा बैवाहिक समारोहलाई सुहाउने गीत नभएको बेला यस्ता प्रकारका गीतले एउटा स्थान कहि कतै पक्कै पाउँछ । अर्को कुरा फिल्मको शीर्षक अनुसार यस प्रकारको टाइटल गीत तयार गर्नु फिल्मका सफलता र पब्लिसिटीका लागि पनि न्योयोचित हुन्छ । हेर्नुस गीत