होस्टेल -३ का निर्मातासँग अलग्गिएर बाउ भर्सेस छोरा बनाउँदै सशानको टिम

काठमाण्डौँ । गत बर्षको हिट फिल्म होस्टेल -३ मा संगै सहकार्य गरेका निर्माता कर्ण कार्कीसँग अलग्गिएर होस्टेल -३ का निर्देशक सशान कँडेलले नयाँ फिल्म बनाउँने घोषणा गरेका छन ।

पहिलो फिल्ममै पूर्ण  सफलता प्राप्त गरेका निर्देशक सशानले निर्माता कर्ण बाहेकको सवै टिम सँग सहकार्य गर्दै नयाँ फिल्म बाउ भर्सेज छोरा बनाउँन लागेका हुन जहाँ अर्का निर्माता शंकर कोइराला, स्क्रिप्ट राइटर माधव शर्मा सहित दुई कलाकार पदम तामाङ र सन्तोष बानिया दोहोरिने करिब पक्का छ ।

सवा २ करोडमा बनेको होस्टेल -३ ले घरेलु बक्स अफिसमा करिब पौने ६ करोडको व्यापार गरेको थियो जसबाट होस्टेल-३ को टिमले राम्रै नाफा कमायो । फिल्मबाट नव निर्देशक सहित अन्य कलाकारहरु पनि स्थापित हुने बाटोमा देखिएका देखिए तर पहिलो टिममा रहेका प्रमुख निर्माता कर्ण कार्की सहित अर्को निर्माता गोविन्द कोइराला भने सशानको दोश्रो प्रोजेक्टमा देखिएका छैनन ।

यहि बिषयमा हामीले निर्माता कर्ण कार्कीलाई प्रश्न गर्दा उनले “नयाँ फिल्ममा पनि जोडिने कुरा छ तर यसै भन्न नसकिने ‘बताएका छन । यध्यपी उनले टिम बाट आफू अलग्गिनु परेको वास्तविक कथा भन्ने भन्न चाहेनन । ‘यो फिल्ममा पनि जोडिने कुरा कुरा चाँहि हुँदैछ , यदि जोडिहालेमा दुई चार दिनमा थाँहा होला । भएन भने पनि केही छैन ।

 ‘X Generation बाउ’ र ‘Z Generation छोरा बीचको सोच, व्यवहार र दृष्टिकोणको टकराबलाई पर्दामा उतार्ने हेतु सहित बनाउन लागिएको बाउ भर्सेज छोराको प्रमुख कलाकारहरुमा को -को हुने हुन भन्ने यसै खोलिएको छैन । प्राविधिक पाटोमा पनि होस्टेल -३ कै टिम दोहोरिने वा नदोहोरिने त्यो पनि अहिले बताईएको छैन ।

Leave a Reply