काठमाण्डौँ । होस्टेल – ३ बाट नेपाली रजतपटमा भित्रिएका नव अभिनेता गिरीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने मौका पाएका छन ।
होस्टेलमा गरेको प्रसंसनीय अभिनयका कारण उनलाई निर्देशक अनिल संग्रौलाले साम्राज्ञीको जोडी बनाउँने निर्णय गरेका हुन । बताईए अनुसार उनीहरुले खेल्ने फिल्मको नाम अवतार राखिएको छ । यो टाइटलमा करिब ३ दशक अघि पनि फिल्म बनेको थियो जसबाट अभिनेत्री जल शाहले रजतपटमा डेब्यू गरेकी थिईन । रिहान गिरी भुटानका हुन उनी भ्वाईस अफ नेपाल सिजन ४ मा सहभागी हुन नेपाल आएसँगै नेपाली फिल्म नगरीमा प्रवेश गरेर चर्चामा आएका व्यक्तित्व हुन जसले होस्टेल ३ मा अत्यन्त राम्रो अभिनय गरेका छन ।
लामो समय देखि अमेरिका बस्दै आएका निर्देशक अनिल संग्रौलाले अवतारबाट फिल्म निर्देशनमा पुनारागमन गर्ने योजना सहित साम्राज्ञाी र रिहानलाई लिएर यो फिल्म बनाउँन लागेका हुन जसको वर्कसपको कार्य धमाधम भईरहेको छ । फिल्मको छायाँकन बैशाख देखि हुने बताईएको छ तर अन्य जानकारी भने दिईएको छैन । यद्यपि, विभिन्न मिडियामा अवतार शिर्षकमा फिल्म बन्ने खबर सार्वजनिक भए लगत्तै यसको विवाद पनि निस्किएको छ ।
हाल चमेलीको पोइ नामक फिल्म बनाउँने अन्तिम तयारीमा जुटेका निर्देशक सूर्य बोहराले विहिबार बिहानै आफ्नो फेसवुकको टाइमलाइनबाट अवतार शीर्षकमाथि आपत्ती जनाएका छन । ‘जरुरी सूचना भन्दै “ उनले लेखेका छन । “अबतार “ फिल्म टाइटल नियमानुसार सबैतिर दर्ता छ र यसको केही निर्माण कार्य समेत अघि बढि सकेको छ कृपया यो टाइटलमा ‘लोभ लालच नगर्न र भोलिका दिनमा ‘बिबाद र झैं झमेला ‘न निम्त्याउन बिनम्रताका साथ अनुरोध गर्छु ।
बोहराको यो सार्वजनिक चेतावनीसँगै ‘अवतार’ फिल्मको टाइटल कुन कम्पनीले पुनः दर्ता गरेको छ भनेर चलचित्र बिकास बोर्डमा फाइल पल्टाउनु पर्ने अवस्था देखिन्छ ।