‘बसन्त’लाई हल सञ्चालकबाट उत्साहजनक साथ, पहिलो दिनमै ३२५ शो निश्चित !

काठमाण्डौँ । राम्रो सर्जकका रुपमा चिनिएका गायक प्रकाश सपुतले पहिलो पटक बनाएको फिल्म बसन्तलाई फिल्म हल प्रर्दशकहरुले उत्साहजनक सो दिएका छन ।

बसन्तको काठमाण्डौ उपत्यकाको वितरण जिम्मेवारी हेरेको डि.सिए.नले साँझ ६ बजे सम्म काठमाण्डौँ उपत्यकामा मात्र १ सय ३० वटा शो खुल्ला गरिसकेको जानकारी दिएको छ भने मोफसल वितरण हेरेको एफ.डी कम्पनीले भोलि दिउँसो सम्म करिब दुई सय शो खुलाउने कसरत भईरहेको जानकारी दिएको छ । एफ.डी प्रमुख छवि ओझाका अनुसार उपत्यका बाहिरका ३० वटा हलमा ९५ वटा शो खुलिसकेको र भोलि दिउँसो सम्म साना र ठूला हल गरी थप सय वटा शो खुल्ने जानकारी दिएका छन ।

पर्सी शुक्रबार देखि प्रर्दशनमा आउँने बसन्तले यो समाचार तयार पारुन्जेल सम्म देशभरीका हलबाट २ सय २५ शो पाईसकेको छ अवस्था छ । एफ.डीका प्रमुख छवि ओझाको भनाईलाई आधार मान्ने हो भने भोलि थपिने करिब १ सय शो जोड्दा बसन्तले ३ सय २५ शो बाट प्रर्दशन आरम्भ गर्ने करिब पक्का पक्की छ ।

प्रकाश सपुतको अनपेक्षित क्रेज साथमा स्वस्तिमा खड्का जस्ती लोकप्रिय स्टारका कारण देशैभरका हल सञ्चालकहरुले बसन्तलाई ३ सय भन्दा बढी शो दिन लागेका हुन । देशकै सवै भन्दा ठूलो मल्टीप्लेक्स चेन क्यू.एफ.एक्सले बसन्तलाई काठमाण्डौँ उपत्यकामा २९ र मोफसल तर्फ ३९ शो गरी ६८ शो दिई सकेको तालिका निकालेको छ । यसैगरी दोश्रो ठूलो चेन आई.एन.आई.ले १६ , वान सिनेमाजले दश र विग मुभिजले अडि ३ मा ५ वटा र एफ.क्यूबले ५ वटा शो दिएका छन । हाल सिनेमा हलमा अन्जिला पनि उत्साहजनक रुपमा प्रर्दशन भईरहेको छ भने लाज शरणमले पनि व्यापार राम्रै गरिरहेको छ ।

होस्टेल ३ र आउटल दफा २१९ पनि अझै केही हलमा यथावत अवस्थामा छन भने गत आईतबार देखि प्रर्दशनमा आएको सलमान खानको शिकन्दर सहित अन्य दुई हलिउड फिल्म पनि चलिरहेको छ । तर शिकन्दरको कमजोर व्यापारका कारण उसले पाएको सो कटौती गर्दै हल सञ्चालकहरुले बसन्तलाई ज्यादा सो दिन लागेका हुन ।

प्रकाश सपुत गायकका रुपमा सफल थिए नै अभिनेता बनेर जव परदेशी २ खेले ततपश्चात फिल्ममा पनि उनी व्यवसायिक रुपमा सफल भए । जस अनुरुप यहि बर्ष पूर्णबहादुरको सारंगीमा अभिनय गरेपछि उक्त फिल्मले पनि बक्स  अफिशमा एतिहासिक व्यापार गर्न सफल रहयो ।

अब हेरौं प्रकाश आफैले निर्देशन तथा निर्माण गर्नुका साथै मुख्य भूमिकामा रहेको बसन्तले कुन प्रकारको दर्शक रेस्पोन्स पाउँने हो ? प्रतिक्षाको बिषय बनेको छ । दिईएको जानकारी अनुसार बसन्तको कुल लम्बाई २ घण्टा ४० मिनेट तय भएको छ जसमा सेन्सर बोर्डले कुनै पनि हस्तक्षेप नगरी यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

 

 

Leave a Reply