काठमाण्डौँ । एक चर्चित टिकटकर महिला कलाकारले कमेडी दरबारको २६औं एपिसोडमा उठाइएको विषयवस्तु र केही कलाकारहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै साइबर व्यूरोमा निवेदन दिएकी छिन ।
२६ औँ एपिसोडमा हाल प्रर्दशनरत फिल्म लाज शरणमका कलाकारहरु अर्जुन घिमिरे (पाँडे) , महेश त्रिपाठी र सागर लम्साल (बले) अतिथिका रुपमा उपस्थित भएका थिए जहाँ कमेडी दरबारका लोकप्रिय कलाकार सुन्दर खनालले विविध प्रस्तुती दिएका थिए । वुझिए अनुसार उक्त भागमा सुन्दर खनालको प्रस्तुतीको पाटोमा ति महिला टिकटकरले आपत्ती जनाउँदै सुन्दर सहित कार्यक्रम निर्माता श्रद्धा प्रसाई, निर्देशक विक्की अग्रवाल सहित अतिथि बनेर पुगेका सागर लम्साल – बले सहित बलेकी श्रीमती स्नेहा दंगाल र बले निकटकी एक जना बलिका कलाकारकी आमा भावना ढकाललाई समेत मेन्सन गर्दै साइबरमा निवेदन दिएकी हुन ।
न्यूज फिल्मी लाई प्राप्त जानकारी अनुसार, उजुरी दर्ता भएसँगै साइबर व्यूरोले सुन्दर खनाल, सागर लम्साल ‘बले’ सहित ६ जनालाई विवादबारे छलफल गर्न आउँदो आइतबार दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरेको छ।
हालसम्म यस घटनाबारे थप जानकारी आउन बाँकी रहेकोले, यस घटनाले नेपालका मिडिया र दर्शकहरूमा चासो उत्पन्न गराएको छ । हाललाई हामीले उजुरी कर्ता महिला टिकटकरको नाम भने उल्लेख गर्न असमर्थ भएका छौँ ।