पाँच दिनमा तीन फिल्मको व्यापार ३ करोडको हाराहारीमा मात्र !

काठमाण्डौँ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन फिल्म लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन ।

११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । सवै भन्दा ज्यादा व्यापार चाँहि लाज शरणमको छ । न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार लाज शरणमले २ करोडको छेकोमा व्यापार गरेको छ भने दोश्रो नम्बरमा मायावीले करिब ४० लाख र फेरि रिशम फिलिलीले ३८ लाख ग्रस कलेक्सन नघाएका छन ।

यो व्यापार तीनै फिल्मको लगानीको हकमा कमजोर व्यापार हो जसले निर्मातालाई घाटा लाग्ने करिब निश्चित जस्तै छ । 

 

Leave a Reply