काठमाण्डौं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग मागी विवाह गरेका लोकप्रिय कलाकार सागर लम्साल (बले ) पिता बन्ने भएका छन ।
आगामी फाल्गुन १४ गते परेको महाशिवरात्रीको दिन देखि प्रर्दशनमा आउँन लागेको फिल्म लाज शरणमको प्रचार प्रसार गर्न कमेडी दरबारको सेटमा पुगेका बेला बलेले न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीका क्रममा आफू पिता हुन लागेको घुमाउँरो जवाफ दिएका हुन ।


नर्स पेशमा रहेकी बलेकी श्रीमती स्नेहा विगत ५ महिना देखि विदा लिएर घरमै बसेकी छिन । यो कुरालाई बलेले पढाईका लागि श्रीमती विदामा बसेको भनेर जवाफ दिएपनि अन्र्तवार्ताको अर्को लाइनमा उनले श्रीमतीको स्वीकृति बेगर आफूले केही बोल्न नमिल्ने भन्दै कतिपय चिजहरु नबोलेरनै मिठा लाग्छन भन्दै न्यूज फिल्मको जिज्ञासलाई स्वीकार गरेका हुन ।
यो बिषयमा न्यूज फिल्मीले थप अध्ययन गर्दा बले पिता बन्न लागेको खबर पुष्टी भएको छ । एक नजिकका पारिवारिक सदस्यका अनुसार बलेकी श्रीमती ५ महिनाको गर्भवती भएर घरमा रेष्ट गरिरहेको अवस्था छ रे ।
भद्रगोल हुँदै सक्कीगोनी सिरियलका लोकप्रिय पात्र बले क्यारेक्टरबाट दर्शकको मन मुटुमा बस्न सफल भएका सागरको सक्किगोनी टिमले पहिलो पटक फिल्म निर्माणमा हात हालेको छ जहाँ बलेले महत्वपूर्ण रोल निभाएको बताईन्छ । विहिवार सार्वजनिक लाज शरणमको टिजरमा हेलिकप्टरबाट झर्ने सिनमा बलेको ईन्ट्रोडक्सन बबाल देखिएको छ ।
डेब्यू फिल्मका रुपमा उनका साथी कुमार कट्टेल (जिग्री ब्रो) ले निर्देशन गरेको फिल्मको टिजर अत्यन्त राम्रो बनेको देखियो । उच्च प्रोडक्सन भ्यालु सहित रोचक कन्टेन्ट बोकेर बलेको टिमले यो फिल्म बनाएको हो जहाँ भिन्न अवतारमा धुर्मुस देखि लिएर दर्जनौ चर्चित कलाकारहरुले अभिनय गरेका छन ।
यसैगरी पिता बन्ने तयारीमा रहेका बेलेले लिड रोलमा रहेर डल्लेले ईन्ट्री मार्यो नामक फिल्म पनि साइन गरेको अवस्था छ । राजु गिरीको निर्देशनमा आगामी बैशाख देखि फ्लोरमा जाने फिल्ममा उनी एक चर्चित हिरोइनका साथ जोडी बध्दैछन । बुवा बन्न लागेका बलेलाई बधाई…


News Filmy Newsportal / Nepal