काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्।
बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले भावुक हुँदै आँसु झारिन्। उनले कारुणिक शब्दमा विजयको प्रशंसा गरिरहँदा कलाकारहरू पनि भावुक बने। विशेषगरी, नम्रता सापकोटा, मिस पवि र कार्यक्रमकी प्रोड्यूसर श्रद्धा प्रसाईँका आँखाहरु आँसुले भरिएका थिए ।
‘कमेडी दरबार’ हाल निकै चर्चित कमेडी रियालिटी शो हो। विजय बरालको स्थानमा को जज बन्ने भन्ने चासो बढेको छ। निर्देशक विक्की अग्रवालले न्यूज फिल्मीसँग कुरा गर्दै २७औं एपिसोडमा नयाँ जज प्रस्तुत गरिने खुलाए। उनका अनुसार, ‘दर्शकले मन पराएको व्यक्तिलाई नै जज बनाइनेछ।’
यसैगरी २७औं एपिसोडबाट शोको सेटमा परिवर्तन आउने भएकाले आगामी एक महिनासम्म छायांकन नहुने जनाइएको छ। हालसम्म २१ एपिसोड प्रसारण भइसकेका छन्, बाँकी पाँच एपिसोड प्रसारणपछि मात्रै नयाँ जजसहितको छायांकन सुरु हुनेछ।
विजयको विदाईको प्रसंग सहित न्यूज फिल्मीले कमेडी दरबारको सेटमा भिडियो अन्र्तवाता पनि गरेको छ हेर्नुहोस ।