भोलि मेलिना राई दुलही बनेर भित्रिदै गर्दा यता भ्वाईस अफ नेपालको छैठौं सस्करण अनएर हुने

काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो ।

नयाँ बानेश्वर  स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका कारण मेलिना उक्त कार्यक्रममा देखिएकी थिईनन । उता अर्का कोच उदय सोताङ पनि अनुपस्थित थिए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले मेलिनाको बिहेको खबर लाई लिएर कोच खेम र राजुलाई प्रश्न गर्दा उनीहरु तीन छक्क परे । सँगैकी सहयात्री बहिनीको यो खबर अचानक मिडियाबाट सुनेपछि सुरुमा उनीहरुले हो र भन्दै मुखामुख गरेका थिए । जव तस्बिरनै देखाइयो तव मात्र उनीहरु छर्लङ भए र मेलिनाको सुख वैवाहिक जिवनको शुभकामना दिए ।  (तलको फोटोको थिच्दा कार्यक्रममा गरिएको सम्बादको भिडियो खुल्ने छ ।) 

 

हाल लण्डन बस्ने भोजपुरका डाक्टर ध्रुब गुरुङसँग मेलिनाको बिहे भोलि हुँदैछ भन्ने खबर छ । मेलिनाका लागि भोलि दुईवटा राम्रा संयोग बन्दैछन । एउटा  भ्वाईस किड्स कोचबाट जेनेरिकमा अपग्रेड हुँदै कोच बनेको द भ्वाईस अफ नेपाल सिजन ६ को पहिलो एपिसोड अनएर हुँदै गर्दा अर्को तर्फ उनी दुलही बनेर ध्रुबको घर भित्रिरहेकी हुनेछिन ।

लक्ष्मण पौडेलको निर्देशनमा बनेको द भ्वाईसको पहिलो एपिसोडमा ६ जना प्रतियोगिको ब्लाईन्ड राउन्ड देखाईदैछ जहाँ मेलिनाले खेम सेनचुरी र अन्य दुई कोचसँग निकै रमाइलो गरेकी छिन । लोकदोहोरी क्षेत्रका सुपरस्टार गायक खेम पहिलो पटक भ्वाईस जेनेरिक कोच बनेका हुन । “हामीले उहाँलाई अलि ढिला भित्रायौ यदि अडिसन सुरु हुनु अघिनै भित्राएको भए लोकदोहोरी गीतका पारखीहरु पनि अझै धेरै अडिसनमा समावेश हुन्थे होलान त्यो चाँहि हाम्रो मिस्टेक भयो । कार्यक्रमका होस्ट एवं निर्माता सुशिल नेपालले बताएका छन ।”

हिमालय टिभीबाट शुक्रबार राति प्रसारण आरम्भ हुन लागेको द भ्वाईसको छैठौं संस्करणको प्रिमियर एपिसोडमा खेमले आगो बाल्ने गरी आफ्नो उपस्थिती देखाएका छन । 

Leave a Reply