गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता

काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन ।

हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन । सो दिन उनले टिमका सदस्यहरु सहित सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गर्नेछिन भने केही सप्राईज पनि लिएर आउँने सम्भावना रहेको बताईन्छ ।

गएको भदौँ ३ गते रिलिज भएको शान्ताको म त ढले ढले…  गीतले साढें पाँच महिनाको अवधि  (२०८१ पौष २४ ) सम्म आईपुग्दा ४ करोड ६४ लाख प्लस भ्यूज पाईसकेको छ ।

विहे होस वा व्रतबन्ध, पिकनिक होस वा पार्टी , मेलापात होस वा महोत्सव, ट्रेकिङ होस वा टिफिन टाईम जता ततै यहि गीत नबजेको हुँदैन । यस गीतमा हाल सम्म दश लाख भन्दा बढी टिकटक भिडियोहरु बनेका छन भने त्यतिकैको संख्यामा फेसबुक रिल्सहरु पनि बनिरहेका छन ।

नेत्र अर्यालको शब्द रचनामा तयार गरिएको गीतको भिडियोका निर्देशक विनोद भण्डारी हुन । गीतमा अभिनेता पल शाह सहित जुना विश्वकर्मा र श्रेयशी गुरुङले अभिनय गरेका छन । यो गीतको मेलोडी भने सुप्रसिद्ध लोक गायक खेम सेन्चुरीले तयार गरेका हुन ।

म त ढले ढले… गीत बर्ष २०८१ मा रिलिज भएर हिट भएका गीतहरुको भिडमा दोश्रो नम्बरमा आउँछ । हाल सम्म गत भदौ ९ गते रिलिज भएको खुश्मा फिल्मको रुकम मैकोटले ८ करोड ६७ लाख भ्यूज प्राप्त गर्दै अग्रपंक्तिमा छ ।

तेश्रोमा भने सुशान्त केसीको बार्दली गीत पर्दछ । गत कार्तिक ११ गते रिलिज भएको बार्दलीले साढें दुई महिनाको अवधिमा ३ करोड ७७ लाख भ्यूज युट्यूबमा पाईसकेको छ । छोटो समयमा अत्याधिक सफलता प्राप्त गरिरहेको यो गीतको स्पिड अझै रोकिएको छैन । 

यसैगरी यो बर्ष हिट भएका अन्य गीतहरुमा फिल्म छक्का पञ्जा ५ को ब्रेकअप गीत, पूर्णबहादुरको सारंगीको रैया चाँदीको र काधे कुरी, बेहुली फ्रम मेघौलीको  उडायो मन, गाउँ आएको बाटोको राई माईला , गायक एक देव लिम्बुको झिम झिमाउने आँखा , तृष्णा गुरुङको नाम के हो भनन लगायत छन । यि बाहेक गत बर्ष २०८० मा पब्लिसड् भएर २०८१ सालमा हिट भएका गीतहरुको नाम लिनु पर्दा  बोक्सीको घरको बुझिन मैले,   गोर्खो खुकुरी कश्मिरे पछ्यौरी पनि पर्दछन । 

ढले ढले गीतको सफलतामा निम्नलिखित व्यक्तित्वहरुको हात रहेको  

 उत्पादक:
सरस्वती गुरुङ
अम्बिका गुरुङ
राम गुरुङ

निर्देशक:
बिनोद भण्डारी 

नृत्य निर्देशक:
प्रशान्त मगर

कलाकार:
पल शाह ​(@PaulShahNP)
जुन विश्वकर्मा
श्रेयशी गुरुङ

सिनेमाटोग्राफर 
नबराज उप्रेती

सम्पादन
प्रविन भट्ट

रंग संयोजन 
मिलन विश्वकर्मा

मेकअप कलाकार
सारिता मगर
मेघा शाही

आईटी समर्थन:
राजेन्द्र आचार्य

पोस्ट प्रोडक्सन:
गोधुली क्रिएशन

Leave a Reply