चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँदै 

काठमाण्डौँ ।  आगामी बिहीबार काठमाण्डौंमा आयोजना हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’ कार्यक्रममा सहभागी हुन चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँने भएकी छिन।

कार्यक्रमको प्रचार प्रसार हेरिरहेको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका प्रमुख एवं फिल्म निर्देशक केपी पाठकले दिएको जानकारी अनुसार चाइना फिल्म एडमिनिस्ट्रेशनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङको नेतृत्वमा युए होङ नेपाल आउन लागेकी हुन

 यस टोलीमा फिल्म ‘पर्सनल पर्सिस्टेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत चाइना फिल्म एडमिनिस्ट्रेशनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ समेत १४ सदस्यीय टोली रहनेछन्।

दिईएको जानकारी अनुसार, बिहीबारको कार्यक्रममा अभिनेत्री युए होङको सहभागिता रहेको ‘जी फर ग्याप’ फिल्मको स्क्रिनिङपछि दर्शकसँग अन्तक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। अभिनेत्री युए होङका प्रमुख फिल्महरूमा ‘जी फर ग्याप’, ‘लाइफ अफ लुओसाङ’, ‘पर्सनल पर्सिस्टेन्स’, ‘मिडसमर भोइस’, र ‘हिडन ग्याप’ ज्यादा चर्चित छन ।  । यी फिल्महरूमा युए होङको अभिनय उच्च प्रसंसा मात्र भएको थिएन ती फिल्महरूले चिनियाँ फिल्म उद्योगमा महत्त्वपूर्ण स्थान बनाएका थिए।

बिहीबारको कार्यक्रम  चाइना फिल्म एडमिनिस्ट्रेशन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको संयुक्त पहलमा आयोजना हुन लागेको हो ।

ठमेल स्थित क्यूएफएक्स छाया सेन्टरमा ३ चिनियाँ फिल्महरूको प्रदर्शन हुने तय भएको छ। यीमध्ये यी हुई साओ निर्देशित ‘हर स्टोरी’ ओपनिङ फिल्मको रूपमा प्रस्तुत हुनेछ, र युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन हुनेछन्। फिल्म स्क्रिनिङपछि निर्माता, निर्देशक र कलाकारहरूले दर्शकसँग अन्तक्रिया गर्नेछन्।

समारोहको प्रमुख अतिथिको रूपमा पूर्वअर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहनेछ। नेपालमा वर्षेनि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) आयोजना गर्दै आएका नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यस कार्यक्रमलाई दुई मुलुकका जीवन्त संस्कृतिलाई जोड्ने पुलको रूपमा व्याख्या गरेका छन्। 

Leave a Reply