काठमाण्डौँ । अत्यन्त राम्रो टिजर निक्लिएको फिल्म मम्मीको गीत सार्वजनिक भएको छ ।
अभिनेत्रीद्धय दिया मास्के र प्रियंका कार्की फिर्चड गीतमा महिलाको बेदना समावेश गरिएको छ । हर्क साउदले कोरेका शब्दमा एस डी योगीले संगीत भरेका छन जहाँ दुई प्रतिभावान गायिका समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएका छन । गीतको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन ।
माघ २५ देखि सार्वजनिक प्रर्दशनमा आउँने मम्मी हरर श्रेणीको फिल्म हो । फिल्मलाई समर निरौलाले निर्देशन गरेका हुन ।
झट्ट हेर्दा गत बैशाखमा केकी अधिकारीले बनाएको फिल्म बोक्सीको घरको गीत बुझिन मैले जस्तै झलक लाग्ने गरी तयार गरिएको मम्मीको गीत यस्तो बनेको छ हेर्नुहोस ।
News Filmy Newsportal / Nepal