‘बाहुबली २’को रेकर्ड तोड्दै, ‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म

काठमाडौं । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ : द रुल’ ले भारतीय सिनेमाको इतिहासमा नयाँ अध्याय रच्दै सर्वकालीन धेरै कमाउने भारतीय फिल्मको उपाधि हात पारेको छ।

सुकुमार बान्द्रेडीको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा २१०० करोड भारुको शानदार कमाई गर्दै एस.एस. राजामौलीको ब्लकबस्टर ‘बाहुबली २’ को १३४७ करोड भारुको रेकर्ड तोडेको छ।

ऐतिहासिक उपलब्धि

‘पुष्पा २’ ले भारतभर १२२५ करोड भारु को कमाई गर्दै बलिउड र दक्षिण भारतीय फिल्म उद्योगका सबै ठूला ब्लकबस्टरलाई पछि पारेको छ। हिन्दी भाषामा मात्र ८०६ करोड भारु को कमाई गर्दै, यो फिल्मले हिन्दी बेल्टमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ।

क्षेत्रगत कमाई

  • तेलुगु: ३३५ करोड
  • हिन्दी: ८०६ करोड
  • तमिल: ५८ करोड
  • कन्नड: ८ करोड
  • मलयालम: १४ करोड

ओटीटी रिलिजको तयारी

सिनेमाघरमा ऐतिहासिक सफलता हात पारेपछि, ‘पुष्पा २’ आगामी फेब्रुअरी महिनामा नेटफ्लिक्स मा रिलिज हुने तयारीमा छ।

सर्वाधिक कमाई गर्ने भारतीय फिल्महरूको सूची:

१. पुष्पा २ – १३५२ करोड भारु (३२ दिन)
२. बाहुबली २ – १३४७ करोड भारु
३. दंगल – ५११ करोड भारु
४. बाहुबली – ४८१ करोड भारु
५. पिके – ४५० करोड भारु
६. धुम ३ – ३६० करोड भारु
७. चेन्नइ एक्सप्रेस – २८३ करोड भारु
८. थ्री इडियट्स – २८३ करोड भारु
९. गजिनी – १६० करोड भारु
१०. गदर – १४० करोड भारु