काठमाण्डौँ । कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियन कलाकारहरूको सहभागितामा सिट–कम अर्थात (सिचुएशनल कमेडी) मा आधारित वेव सिरिज “हाकिम साब“ निर्माण हुने भएको छ ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको यो सिरिजको हरेक एपिसोडमा नयाँ नयाँ परिस्थिति र कथालाई हाँस्य रुपमा प्रस्तुत गरिने छ । पूरै ईन्डोर सेटमा तयार हुने “हाकिम साब“ मा कमेडी च्याम्पियन सिजन थ्रीका विजेता सुनिल खड्का सहित, प्रभात लामा, प्रेम विश्वकर्मा, कर्मा सिंह लामा, लोमन सागर रेग्मी, निश्चल अर्याल र इन्दु लम्सालको अभिनय रहनेछ ।
यसैगरी स्क्रिप्ट लेखनमा सुशील देवकोटा, छायाँकनमा अमृत सुनुवार र रोशन श्रेष्ठ, सम्पादकमा राम पाख्रिन र ध्वनि डिजाइनरमा रप्रविन श्रेष्ठको टिम रहने छ । हालसम्म सिरिजका ६ एपिसोड लेखन कार्यशाला सम्पन्न भइसकेका छन्। पाइलट एपिसोडको छायांकन पूरा भई समीक्षाको चरणमा रहेको निर्देशक भण्डारीले जानकारी दिएका छन्।
५२ एपिसोड रहने यो सिरिज माघको पहिलो साता देखि ओएसआर रियालिटी बाट प्रसारणमा आउने । थ्री प्रोडक्सनकै अर्को रियालिटी शो “Comedy Night with Champions” पनि सोही साता देखि प्रसारणमा आउँने निर्देशक भण्डारीको भनाई छ ।