छोरीसँग विजय कुमारले ल्याए नयाँ पोडकाष्ट : अब फिल्म बनाउँने रे

अनुप भट्टराई

काठमाण्डौँ । बहुचर्चित सञ्चारकर्मी विजय कुमार पाण्डेले आफ्नी छोरीलाई पनि दर्शक माँझ चिनाउँने प्रयाश गर्दै नयाँ पोडकाष्ट सार्वजनिक गरेका छन ।

‘S & V Podcast with Sara & Vijay ‘ नामकरण गर्दै कार्यक्रमको नाम २ पुस्ता राखिएको छ । बा-छोरीको सम्बाद रोचक छ । जहाँ उर्जा र आफ्ना विगतका अनुभवका कुराहरु विजय कुमारले छोरीसँगै शेयर गरेका छन । S & V Podcast  भनेको छोरी साराको सुरुको अंग्रेजी अक्षर S र बा विजय कुमारको सुरुको V अक्षरलाई मिलाएर तयार गरिएको नाम हो ।

एक बर्ष अघि पनि छोरीसँग एउटा पोडकाष्ट खिचेर बाहिर नल्याएका विजय कुमारले यस पटक नयाँ सुटिङ गर्दै पोडकाष्ट बाहिर ल्याएका हुन । विजय कुमारको छोरीको नाम सारा हो । उनी स्ट्राटेजिक प्लानर तथा अधिवक्ता हो भनेर  स्क्रिनको टेलिपमा उल्लेख गरिएको छ ।

छोरी साराले “ह्याप्पी न्यू ईयर बा बुढो भैयो है ? भनेर सुरु गरिएको २६ मिनेट लामो पोडकाष्टमा विजय कुमारले आफ्ना विगतका र वर्तमानको माईन्ड सेट तथा आगामी यात्राको तयारी समेत सुनाए ।

रोचक कुरा चाँहि के छ भने पत्रकारिताको यात्रा चलचित्र पत्रकारिताबाट सुरु गरेका पाण्डेले जीवनको उत्तरार्ध पनि चलचित्र क्षेत्रमा दिने बताए ।

छोरीले तपाई कन्टेन्ट हो ! अरु क्रिएटिभीटिमा हकमा के छ ? भनेर प्रश्न गरेपछि विजय कुमार जवाफ दिदै भन्छन । “अहिले म पोटियनशियली सवै भन्दा व्रिलियन्ट स्टेजमा छु । अहिले जति भरिएको म कहिलै थिईन लाईफमा । अब म फिक्सन तिर मुभ गर्छु । नन फिक्सन दुई किताव लेखे खुसी र सम्बन्धहरु । म एउटा फिक्सन मुभिको स्क्रिप्ट लेखिरहेको छु । त्यो चाँहि किन भने सारा, आख्यानबाट भने भने त्यो सजिलो हुन्छ । मुख्य कुरा चाँहि आफूसँग लागेको कथा भन्नु हो ।

शुक्रबार साँझ दिशानिर्देश युट्यूब च्यानलबाट सार्वजनिक भएको यो पोडकाष्टमा विजय कुमारले आफ्नो पत्रकारिताको यात्राको क्रममा पूराना प्रविधिका बारेमा छोरीलाई रोचकताका साथ सुनाए । आफू प्राचिनयुगको मान्छे जस्तो लाग्छ भन्दै उनले छोरीका साथ तयार गरेको पोडकाष्ट यस्तो छ सुन्नुहोस । 

 

Leave a Reply