काठमाण्डौः टिकटकमा भाइरल बनेको “नमस्ते ढोगदिया” वाक्यांशले गीतको रूप लिएको छ।
गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा बनाईएको यो गीतका मुख्य हुकलाईन टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंहबीचको चर्चित विवाद पछि चर्चामा आएको थियो ।
“नमस्ते ढोगदिया” वाक्यांशलाई नानु सिंहले आफ्ना फ्यानलाई टिकटकमा सधैं अभिवादन गर्न प्रयोग गर्थिन्। तर, छोरा आयुष र उनकी पत्नी एलिजेले घर किनेपछि आमालाई नल्याएको आरोपले सामाजिक सञ्जालमा ठूलै विवाद र ट्रोल सिर्जना गर्यो। यस विवादले यो वाक्यांशलाई थप भाइरल बनायो।
रचनाकार रमेश परियारले यही लोकप्रिय वाक्यांशलाई गीतमा ढालेर सिर्जना गरेका हुन्। गीतमा पुष्प खड्का र उषा उप्रेतीले अभिनय गरेका छन।
गायिका कविता खत्री यसअघि “मायाको पोको” जस्ता दुई अर्थी गीतका कारण चर्चामा आएकी थिइन् जो यो पटक पनि “नमस्ते ढोगदिया” मार्फत दर्शक र स्रोतामाझ चर्चित बनिरहेकी छिन । गीत यस्तो छ