काठमाण्डौँ । एक समयकी चर्चित अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको फिल्म तेल भिसाको नयाँ गीतमा तीन पुस्ताका कलाकारहरुको संगम रोचक देखिएको छ ।
मंगलबार बेलुकी सार्वजनिक कत्ति रमाईलो बोलको गीतमा कुनै बेलाका लोकप्रिय अभिनेताद्धय दीलिप रायमाझी सहित सुशिल क्षेत्री र अभिनेत्री तर्फ उषा पौडेल सहित अरुणिमा लम्साल, पूजा चन्द र स्वयम ऋचाको उपस्थितीका साथमा नयाँ पुस्ताबाट अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतको उपस्थितीले गीत मज्जाको देखिएको छ । गीतमा एक समयका लोकप्रिय मोडल तथा अभिनेता विमलेश अधिकारी सहित निर्देशक अनिल संग्रौला र कलाकार अनुराग कुवँर पनि देखिएका छन ।
बेबी सावर सिक्वेन्समा शिशिर खातीले कोरियोग्राफ गरेको गीतका केही स्थानमा लिपसिङ र भिजुअल फिनिसिङमा हल्का समस्या देखिएता पनि पावरफूल अडियो र भिडियोमा देखिएका लोकप्रिय कलाकारहरुको फेसभ्यालुका कारण गीतको कमजोर पक्ष ओझेलमा पर्दै सकारात्मक रिजल्ट आउँन सक्छ । अझ भनौ भिडियोमा पूराना देखि नयाँ कलाकारहरुले देखाएको उत्साहपूर्वक एक्सप्रेशननै यो गीतको भिजुअल तर्फको सवै भन्दा सुन्दर पक्ष हो ।
मंसिर ७ गते देखि प्रर्दशनमा आउँन लागेको तेल भिसाको यो नयाँ गीतमा अञ्जु पन्त र आशिष अविरलले बेजोड गाएका छन । संगीत पनि आशिषकै हो तर शब्द चाँहि एक नारायाण भण्डारीको हो । बेबी सावर सिक्वेन्सका लागि रचनाकार एक नारायणले फिल्मको कथा र मुड बुझेर गीतको शब्द फर्फेक्ट रचेका छन । यो गीतका विभिन्न टुक्रा टिकटकमा भाइरल बन्न सक्छन । हेर्नुस गीत