काठमाण्डौँ । एक पछि अर्को राम्रो कन्टेन्ट निकालिरहेको फिल्म पूर्णबहादुरको सारंगी टिमले ट्रेलर पनि राम्रो निकालेको छ ।
कार्तिक १५ गते लक्ष्मी पूजाको दिन बाट प्रर्दशनमा आउँने यस फिल्मको सार्वजनिक ट्रेलरमा गन्धर्व जातिले भोग्नु परेको सामाजिक कथालाई मिहिन ढंगले प्रस्तुत गरिएको छ जसले गर्दा दर्शकको ध्यान मात्र हैन मन पनि छुन सक्ने तागत ट्रेलरले देखाएको छ ।
सरोज पौडेलको निर्देशनमा तयार फिल्ममा बिजय बराल , अञ्जना बराइली, मुकुन भुषाल , देशभक्त खनाल, भोलाराज सापकोटा, बुद्धी तामाङ लगायत गायक प्रकाश सपूत समेत देखिएका छन ।
सिचुवेश्नल रुपमा जुन प्रकृतिबाट आफनो डाइलग प्रेजेन्ट गरिएको छ सोही अनुरुप ट्रेलरमा पूरा फिल्मको मेकिङ सुन्दर देखिएको छ ।
कलाकारहरुको चरित्र निर्माणले दर्शकको ध्यान खिच्नुका साथै प्राविधिक रुपमा समेत ट्रेलर मेकिङमा पूर्णबहादुरको सारंगीले सफल प्रयाश गर्दा यतिखेर सामाजिक सञ्जाल देखि लिएर युट्युबको कमेन्ट सेक्सनमा यो फिल्मको ट्रेलरलाई अत्यन्त राम्रो प्रतिक्रिया मिलिरिहेको छ ।
हेर्नुस ट्रेलर
News Filmy Newsportal / Nepal