काठमाण्डौँ । तीन दशक अघिको लोकप्रिय टेलिफिल्म उजेली बनाएका निर्देशक दीपेन्द्र गौचनले बनाएको फिचर फिल्म केटी हराएको सूचनाको पहिलो गीत रिलिज भएको छ ।
आगामी कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्मको गीतमा अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता नाजिर हुसेन फिचर छन । ग्रामिण भेगका सुन्दर लोकेशनमा कैद गरिएको गीतमा दुई युवाको मित्रता र प्रेम देखाउँन खोजिएको छ ।
रोहित जोन क्षत्री र शितुसित बस्नेतले गाएको गीतलाई निर्देशक गौचनले निर्माण गरेका हुन । गीत हेर्दा सिम्पल । सुन्दा कता-कता मिठो छ । गायक गायिकाले राम्रो गाएका छन । तर मार्केटमा आजको भोलि रातारात हिट हुने कोटीको भने छैन । यो गीतको सुरुवात भन्दा अन्तिमका अन्तराले युवा श्रोताहरुको ध्यान कहि कतै खिच्न भने सक्छ ।
विशेष गरी गीतमा देखिएको भिजुअल पाटो सुन्दर छ । डिओपी अमर महर्जनको काम प्रसंसनीय छ । यस अघि उत्कृष्ट टिजर निकालेको यो टिमले बनाएको नयाँ गीत कस्तो छ हेर्नुहोस ।
News Filmy Newsportal / Nepal