काठमाण्डौँ । गत बर्ष ‘खुवालुङ ‘ नामक नाटक बनाएर अत्याधिक सफलता हासिल गरेका निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा अर्को नाटक तयार भएको छ ।
किरणले निर्देशन गरेको नयाँ नाटकको नाम बाखम्बा राखिएको छ । किरात राई जातिका मानिसहरू धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र हुन बाखाम्मा’ । मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन् ।
नाटकको नियमित प्रर्दशन भने आज साँझको प्रिमियर सो सँगै मण्डला थिएटरमा करिब एक महिना सम्म हुनेछ । नाटकको मूल सार भने किरातहरुको उत्पत्तीको कथा बनाईएको छ । यो नाटकलाई पनि राजन मुकारुङले लेखेका हुन ।
डिजिटल प्लेटफर्ममा समेत उदाउँदै गरेको कम्पनी केन्द्र मोसन पिक्चसरले यो नाटक निर्माणमा लगानी गरेको छ । नाटकमा लोकप्रिय मोडल एलिसा राईले पनि अभिनय गर्दैछिन । उनी देवि सुम्निमाको भूमिकामा देखिदैछिन भने डिग्री माइला फिल्ममा अत्याधिक राम्रो रेष्पोन्स पाएका कलाकार अनिल सुब्बाले पारुहाङको चरित्र निवार्ह गर्दैछन । नाटकमा बेदना राईले प्रकृतिको महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन ।
नाटकको मञ्चमा विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ , पुनम लक्ष्मी मगर , ज्वाला राई , रमिला मोक्तान , याङसाङ मुकारुङ, रमित राई, सचिन रत्न, साङ्मी सुनुवार , प्रशंसा गुरुङ , शिसम बान्तावा , शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सवनम राई सुजना राई, प्रशान्त वाइबा, मानबहादुर राईले लगायतका कलाकारहरु देखिनेछन ।